December 5, 2023

करिव ९० लाख बराबरको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ

Smugglers using Nepalgunj as drugs 'transit'

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले करिव ९० लाख बराबरको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका धादिङका दावा लामाका साथबाट खैरो हेरोइन बरामद गरेको हो । उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको प्रहरीले जनाएको छ । ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका धादिङका लामा फेरि उस्तै प्रकरणमा पक्राउ परेको व्युरोले जनाएको छ । पक्राउ गरेपछि ३९ वर्षीय लामालाई पक्राउ गरेपछि सिटी स्क्यान गरिएको थियो ।

सिटी स्क्यानमा उनको पेटभित्र हेरोइन देखेपछि औषधि प्रयोग गरेर निकालिएको थियो । लामाको शरीरमा भेटिएको क्याप्सुलको संख्या ९३ रहेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी दिलिप चौधरीले जानकारी दिनुभयो ।पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएपछि व्युरोले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो। उनी काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए । उनीसँगै प्रहरीले लागु‍औषध कारोबार अभियोगमा अन्य एक जनालाई पनि पक्राउ गरिएको व्युरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *