
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउदैमा जनता नतर्सने बताउनुभएको छ । आइतबार बुटवलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको भन्दै कसैले तर्साउदैमा जनता नतर्सने बताउनुभएको हो । एमालेले अघि सारेका बिकास योजनालाई वर्तमान सरकारले अवरुद्ध पारेको भन्दै ओलीले वैशाख ३० गतेको चुनावमा जनताले जरादेखि टक्टक्याएर फ्याक्ने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने समेत बताउनुभयो । उहाले मुलुकलाई समृद्धिको दिशतर्फ अघि बढाउनका साथै संघीय र प्रदेश सरकार बनाउँदा विनियोजित हुने बजेट अलपत्र हुनबाट जोगाउन एमाले जित आवश्यक रहेको धारणा राख्नुभयो ।
यसअघि एमालेले बुटवल नगरमा धेरै नै बिकासका काम गरेको भन्दै थप बिकासको जिम्मा पनि एमालेलाइ दिन उहाले आग्रह गर्नुभयो । ओलीले एमालेको विजयी यात्रा स्थानीय तहबाटै सुरु हुने दावी गर्नुभयो ।
Fantastic goods from you, man. I have understand your stuff previous to and you’re just too excellent. I actually like what you’ve acquired here, really like what you’re stating and the way in which you say it. You make it enjoyable and you still care for to keep it sensible. I can’t wait to read much more from you. This is really a tremendous web site.