May 23, 2024

काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ ।
रफत सञ्चार क्लबको १३ औ वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बिजुक्छेँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन काँग्रेसले ल्याएको र प्रतिपक्ष दलको भूमिका पनि निर्वाह गन नसकेको आरोप लगाउनुभएको हो ।

सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको भएपनि सत्ताको माहेले काँग्रेसले त्यो जिम्मेवारी छाडेको उहाले बताउनुभयो । उहाले बिचार नमिल्नेहरुको सरकार बनाएर दलहरुले गैरजिम्मेवारीपन देखाएको धारणा पनि राख्नुभयो । बिजुक्छेँले संसदमा जनसरोकारका बिषय र आफ्ना बिचारहरुका बारे बोल्न पाउनुपर्ने भन्दै राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत भएको पनि बताउनुभयो ।

त्यस्तै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको धारणा राख्नुभयो । कार्यक्रममा पत्रकार रमेश गिरी, नारायणसुन्दर किलम्बु लगाएतलाई सम्मान गरिएको थियो ।

2 thoughts on “काँग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको आरोप

  1. When you forget the password to lock the screen, if you do not enter the correct password, it will be difficult to unlock and gain access. If you find that your boyfriend/girlfriend is suspicious, you may have thought about hacking his Samsung phone to get more evidence. Here, we will provide you with the best solution on how to crack Samsung mobile phone password.

Leave a Reply

Your email address will not be published. Required fields are marked *