November 30, 2023

कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताउनुभएको छ । कांग्रेस क्षेत्र नंवर ४ प्रदेश क क्षेत्रिय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने बिषय आफुले पहिलेदेखि नै उठाउदै आएको र कांग्रेस कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताउनुभएको हो । उहाले आफूले पछिल्ला दिनहरुमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गर्नुभयो । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा पनि राख्नुभयो । मतदाता र कार्यकर्ताको भावनाबिपरित जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उहाको भनाई छ ।

त्यस्तै थापाले पार्टी नेतृत्वले सवै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरुप आवश्यक निर्णय लिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *