July 26, 2021

कांग्रेसका केन्द्रीय सदस्यहरूको जाँचका लागि स्वाब सङ्कलन

Nepal's coronavirus cases increases to 191; with 57 new cases: Health  Ministry | Deccan Herald

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ ।पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू तथा सहयोगीहरुको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको हो । पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, सचिवालयका कर्मचारी र नेताहरूको सुरक्षामा खटिने सुरक्षाकर्मी गरी २ सयभन्दा बढीको स्वाब सङ्कलन गरिएको कांग्रेसले जनाएको छ । कोरोना जाँच गरेपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले आइसियु र भेन्टिलेटरको उचित प्रवन्ध गर्नुपर्ने, बिदेशबाट आउने नागरिकलाई नाका र बिमानस्थलमा नै कोरोना परिक्षण गर्नुपर्ने बताउनुभयो ।

उहाले स्वास्थ्य तयारीमा ढिलाई भएको बताउनुभयो । त्यस्तै पौडेलले कोरोनाका कारण महाधिवेशन प्रभावित नहुने बताउनुभयो । उहाले पार्टीभित्रको क्रियाशिल सदस्यता बितरणका साथै समायोजनको काम छिटै सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो ।कोरोना जाँचका लागि भन्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बैंशाख १५ गतेसम्मका लागि स्थगीत गरेको छ । यसअघि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको कोरोना जाँचपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published.