



प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गरेका छन् ।बैठकको शुन्य समयमा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद भरतकुमार शाहले डीपीआरविनै प्रधानमन्त्री ओलीले एकसाथ १६५ सडक शिलन्यास गरेकोमा आपत्ति जनाउनुभयो ।कांग्रेसका अर्का सांसद भीमसेन दास प्रधानले सदनमा उपस्थित नभएर प्रधानमन्त्रीले बाहिर बोल्दै हिँड्नु गैर जिम्मेवार, अराजनीतिक र असंवैधानिक भएको बताउनुभयो । उहाले सरकारमाथि उठेका प्रश्नमाथि संसदमा आएर बोल्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । सांसद रंगमती शाहीले पनि सडक शिलान्यासमा आपत्ती जनाउदैनौटंकीको संज्ञा दिनुभयो । सांसद राजेन्द्र कुमार केसीले पनि योजनाको पहिचान नै नभएको सडकको शिल्यानाश भएको भन्दै आपत्ती जनाउनुभयो ।
बैठकमा नेकपा सांसद महेश बस्नेतले भने सरकारका राम्रा कामलाई छायाँमा पारेर विरोधीहरु सरकारको आलोचनामा तल्लीन भएकामा आक्रोश पोख्नुभयो । उहाँले सरकार गठन भएदेखि पार्टी एकीकरणको किचलो झिकेर, मिडिया मिसन चलाएर सरकारविरुद्ध घेराबन्दी गरेको आरोप लगाउनुभयो ।सांसदहरुले शुन्य समयमा मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।
