May 24, 2022

कांग्रेसको घोषणापत्र गाली पुराण भएको टिप्पणी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र गाली पुराण भएको टिप्पणी गर्नुभएको छ । मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा उहाले एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी गर्नुभएको हो । कांग्रेसको घोषणापत्रमा संविधाननको केहि बिषय राखिएको र बाँकी बुँदाहरु एमालेको घोषणापत्रबाट चोरिएको उहाले आरोप लगाउनुभयो । उहाले कांग्रेसको घोषणापत्र जनताले नपढ्ने भन्दै कांग्रेस चिन्नका लागि पनि एमाले कार्यकर्ताहरुले उसको घोषणापत्र पढ्नुपर्ने जिकिर गर्नुभयो । उहाले कांग्रेसले राजनीतिक पार्टीको चरित्र नै गुमाउन लागेको तर्क गर्नुभयो । त्यस्तै ओलीले माओवादीले घोषणपत्र निकाल्नै नसकेको र नेकपा एकीकृत समाजवादीको घोषणापत्र झुटको पुलिन्दा भएको बताउनुभयो । उहाँले टिकट वितरणमा देखिएका बिषयलाई लिएर संयमता नगुमाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । एमालेमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उहाँले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको स्मरण पनि गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published.