October 22, 2021

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालीका अधिवेशन सुरु

This image has an empty alt attribute; its file name is vediography2-3.gif
Nepali Congress - Wikipedia
This image has an empty alt attribute; its file name is dhyan-chaksu.gif

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबारबाट पालीका अधिवेशन सुरु भएको छ । शनिबार केहि जिल्लामा अधिवेशन सम्पन्न भएको र केहि जिल्लामा प्रक्रिया सुरु भएको कांग्रेसले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार वडाअधिवेशन सम्पन्न भएका जिल्लामा पालीका अधिवेशन सुरु भएको हो । काठमाडौंमा भने वडा अधिवेशन सम्पन्न भइसकेको भए पनि अन्तिम परिणाम प्राप्त नभएकाले काठमाडौंको पालिका अधिवेशन असोज १६ गतेको लागि तय गरिएको छ ।कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने क्रियाशील सदस्यता विवादका कारण प्रदेश नम्बर २ का ८ जिल्लासहित सुर्खेत, कैलाली, रुपन्देही, डोल्पा र सुर्खेत गरी १३ जिल्लामा भने वडा अधिवेशन हुन सकेको छ्रैन । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म गर्ने तय भएको छ भने कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

This image has an empty alt attribute; its file name is website-1.gif

Leave a Reply

Your email address will not be published.