December 5, 2023

कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोश्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई कांग्रेसले दोश्रो बनाउन सहयोग गरेमात्र तालमेल सहज हुने र त्यस्तो हुन नसके तालमेल सहज हुन नसक्ने बताउनुभएको हो । आफुले कांग्रेसका नेताहरुसंग कुरा गर्दा आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाउनका लागि नेतृत्व तहमा समझदारी बनेको र स्थानीय तह जस्तो नहुने उहाको भनाई छ । प्रचण्डले आगामी निर्वाचन आफ्नो अन्तिम इनिङ्ग्स हुन सक्ने भन्दै पछि सम्मको सन्ततिलाई सम्झने गरि देशलाई समृद्धिको दिशातर्फ लैजाने आफ्नो इच्छा रहेको धारणा राख्नुभयो । उहाले आगामी निर्वाचन स्थानीय तह भन्दा राम्रो नजिता ल्याएर देशको बागडोर नै सम्हाल्ने गरि जानुपर्ने बताउनुभयो । स्थानीय चूनावबाट माओवादी भनेको माओवादी केन्द्रमात्र भएको पुष्टि भएको भन्दै प्रचण्डले मोहन बैद्य नेतृत्वको माओवादी, बिप्लव माओवादीको कुनै अर्थ नरहेको र बाबुराम माओवादी नै नभएको तर्क गर्नुभयो । प्रचण्डले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरि मिति तोक्ने सम्भावना रहेको भन्दै तीन महिनामा माओवादीलाई बलियो बनाउने गरि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको दावी गर्दै प्रचण्डले समावेशी, समानुपातिक प्रणाली माओवादी कै कारण सम्भव भएको बताउनुभयो । त्यस्तै प्रचण्डले मुलुकमा बलियो कम्युनिष्ट पार्टी बनाउनका लागि अघि बढेपनि केहि व्यक्तिको स्वार्थका कारण सफल हुन नसकेको जिकिर गर्नुभयो ।

उहाले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको र गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *