November 27, 2022

कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुगेको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुगेको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीले मुलुक अप्ठेरो अवस्थामा पुराएको आरोप लगाउनुभएको हो । उहाले दलहरु कै कारण ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको र तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य भएको तर्क गर्नुभयो । कांग्रेस, एमाले र माओवादी पूर्ण रुपमा असफल भएको भन्दै उहाले अवको शक्ति राप्रपा भएको दावि गर्नुभयो । अरु असफल भए पनि राप्रपालाई असफल हुने छुट नरहेको उहाले बताउनुभयो । त्यस्तै राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले राप्रपाले नेपाललाई हिन्दु राष्ट्र बनाइ छाड्ने दावी गर्नुभयो । उहाले लुटतन्त्रमा पल्किएका अर्थतन्त्रका मालिकहरुले मुलुकलाई अप्ठेरो अवस्थामा पुराएको धारणा राख्नुभयो ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई राप्रपा प्रवेश गराइएको थियो ।

Leave a Reply

Your email address will not be published.