August 2, 2021

कांग्रेस भक्तपुर जिल्ला समितिद्धारा राहत सहयोग

Badri Timilsina (@badri_timil) | Twitter

असार १ गते आएको बाढीका कारण प्रभावित भएका सिन्धुपाल्चोकका हेलम्वु र मेलम्चीबासिलाई नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिद्धारा नगद तथा राहत सहयोग गरेको छ ।मंगलबार भक्तपुरमा कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन समितिमार्फत कांग्रेस भक्तपुरले नगद तथा राहत सामाग्री हस्तान्तरण गरेको हो ।भक्तपुर जिल्ला समितिमा सभापति दुर्लभ थापाले विपद् व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतलाई रु ३ लाख ५१ हजार नगद तथा खाद्या सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा संयोजक बस्नेतले बिपद्का कारण समस्यामा परेका नागरिकलाई कांग्रेसको अग्रसरतामा राहत दिने कार्य निकै सकारात्मक रहेको बताउनुभयो ।

उहाले बाढीपिडितको समस्या समाधानका लागि कांग्रेस क्रियाशिल रहेको बताउनुभयो । बाढीबाट क्षती भएका क्षेत्रबाट बालुवा निकाल्न र स्थानीयहरुको घरबाट सामान निकाल्न प्रशासनले नसके कांग्रेसका कार्यकताहरु खटिने उहाको भनाई छ ।त्यस्तै कांग्रेस भक्तपुरका सभापति थापाले बिपतमा परेका नागरिकलाई सहयोग गर्नु कर्तव्य ठानेर सहयोगको हात अघि बढाएको जनाउनुभयो ।कार्यक्रममा कांग्रेस नेता बस्नेतले भक्तपुरका नयाँ क्रियाशिल सदस्यहरुलाई परिचयपत्र बितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.