


रौतहट कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाउन भन्दै ८९ दिनदेखि कांग्रेस मुख्यालय सानेपामा धर्ना दिइरहेका छन् । पार्टीमा नेतृत्वले विधि र पद्धति मिचेर कब्जा गर्ने नियतले मनोमानी गरेको भन्दै उनीहरुले निरन्तर रुपमा धर्ना दिएका हुन् । धर्नाका क्रममा आफुहरुलाइ पार्टीका नेताहरूले भेटघाट गरे पनि समस्या समाधान गर्न ठोस पहल नगरिएको उनीहरुको गुनासो छ । कोषाध्यक्ष साहसहित ९८ जना रौतहटका नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नभएको उनीहरूको गुनासो छ । रौतहट क्षेत्र नं. १ मा जिल्ला सभापति र क्षेत्रीय सभापति मिलेर एकलौटी गरेको र सो क्षेत्रका ४१ वटा वडामध्ये ३१ वडामा क्रियाशील सदस्यताको विवाद रहेको पूर्वराज्यमन्त्री समेत रहेका कांग्रेस नेता बज्रकिशोर सिंहले बताउनुभयो ।
बिधिबिधान बिपरित भएका कामहरुलाई बदर गर्नका लागि र बिधि बिधानअनुरुप नै क्रियाशिल सदस्यता बितरण हुनुपर्ने उहाको भनाई छ । छानबिन समितिले छानबिन थाले लगत्तै उजुरी बोकेर उनीहरू काठमाडौं आएका थिए । तर समितिले कुनै सुनुवाई नगरेपछि बाध्य भएर धर्नामा बस्नु परेको उनीहरुको गुनासो छ ।
