May 20, 2024

काठमाडौँ महानगरले महानगर दिवसको अवसरमा मैत्रीपूर्ण फुटवल आयोजना

काठमाडौँ महानगरपालिकाले महानगर दिवसको अवसरमा मैत्रीपूर्ण फुटवल आयोजना गरेको छ ।सोमबार दशरथ रंगशालामा जनप्रतिनिधिको एक टोली र कर्मचारीको टोलीबीचको मैत्रीपूर्ण फुटबल भएको हो । खेलमा कर्मचारीको टोलीले जनप्रतिनिधिको टोलीलाई ६—१ गोल अन्तरले पराजित गरेको थियो । जनप्रतिनिधिको टीमको नेतृत्व बालेन्द्र शाह र कर्मचारी टीमको नेतृत्व बसन्त अधिकारीले गर्नुभएको थियो ।

महानगरले सप्ताहव्यापी कार्यक्रमसहित २८ औँ महानगर दिवस मनाइरहेको छ ।

One thought on “काठमाडौँ महानगरले महानगर दिवसको अवसरमा मैत्रीपूर्ण फुटवल आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *