November 30, 2023

काठमाडौंको वनस्पति विभागमा एकीकृत प्रयोगशाला सञ्चालनमा

काठमाडौंको वनस्पति विभागमा एकीकृत प्रयोगशाला सञ्चालनमा आएको छ । सोममबार वातावरण दिवसको अवसरमा वनस्पति विभाग परिसरमा निर्मित एकीकृत प्रयोगशाला भवनको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभयो । छ तल्ले अत्याधुनिक प्रयोगशालामा वनस्पतिहरुको अध्ययनर अनुसन्धान गरिने बिभागले जनाएको छ । प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले स्वच्छ वातावरणमा बाच्न पाउने नागरिकको मौलिक हक प्रत्याभूतका लागि सरकारले आवश्यक नीति कानून र कार्यक्रम तर्जुमा गरि कार्यान्वयनमा ल्याएको बताउनुभयो । विकास आयोजनाहरुलाई अघि बढाउदा बातावरणमा पर्ने असरको रोकथाम र न्युनिकरण गर्ने गरि काम गर्ने गरिएको उहाले बताउनुभयो ।

एकीकृत प्रयोगशाला १५ करोड लागतमा निर्माण भएको बिभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *