August 1, 2021

काठमाडौंमा ‘नमुना संसद्’ आयोजना

प्रतिनिधि सभाको बैठक कक्ष

सडक संसद प्रतिनिधिसभा विघटनको विरोधमा युवाहरुले काठमाडौंमा ‘नमुना संसद्’ आयोजना गरेका छन् ।नेपाल टिन लिडर्सले पुतलीसडकस्थित पद्मोदय मोडमा सडकमै राष्ट्रिय सभाको सांकेतिक बैठक राखेको हो । संविधानको मूल मर्म नै सुधारिएको संसदीय व्यवस्था रहेको जनाउँदै संविधान बचाउनु सबैको कर्तव्य रहेकोमा जोड दिएका छन् । बैठकमा सहभागी युवाहरुले संविधान बचाउनु हामी सबैको कर्तव्य भएको धारणा राखेका थिए ।

युवाहरुले नेपालको राजनीतिलाई ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्नुपर्ने उनीहरुको भनाई छ । सांकेतिक बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको नेपाल टिन लिडर्सका युवा बिशाल केसीले बताउनुभयो । उहाले स्वतस्र्फूत रुपमा सांकेतिक बैठकको आयोजना गरेको जानकारी दिनुभयो ।प्रधानमन्त्री केपी ओलीको सिफारिशमा पुष ५ गते आइतबारबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.