
काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले काठमाडौंलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने दावी गर्नुभएको छ । नेविसंघ काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उहाले काठमाडौंमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्ने बताउनुभएको हो । महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउदै जनताका लागि काम गर्ने उहाको भनाई छ । त्यस्तै उहाले काठमाडौंलाई हरियाली शहर बनाउने प्रतिवद्धता जनाउनुभयो भने युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राख्नुभयो । कार्यक्रममा नेविसंघका नेता मनोज बैद्यले महानगरको रुपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिनुभयो ।
उहाले महानगरमा अव देखिने गरि बिकास हुने विश्वास व्यक्त गर्नुभयो ।