October 14, 2021

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी

Nepal goes under lockdown for a week starting 6am Tuesday

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ ।सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी एकदुईदिनभित्रदेखि नै लागू हुने गरी कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो ।उहाले बन्दको निर्णय गर्दा सर्वसाधारणलाई घर फर्कनका लागि समय दिइने र निर्णय भने एकदुईदिनपछि मात्र लागू हुन सक्ने बताउनुभयो ।

उहाले कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा कडाई गर्न लागिएको बताउनुभयो । त्यस्तै नागरिकलाई सहज होस भनेर केहि क्षेत्र भने खुल्ला गर्न सकिने पराजुलीले बताउनुभयो । उहाले कोरोना नियन्त्रण र रोकथानका लागि अनुगमन र माइकिङ लगाएतलाई तिव्रता दिएपनि त्यसले पनि नपुग्ने भएकाले कडाई गर्न लागिएको उल्लेख गर्नुभयो ।कडाईका क्रममा दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.