November 30, 2023

काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जारी

Nepal records highest single-day spike in Covid-19 cases with 72 new  infections

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ ।निषेधाज्ञालाई केहि खुकुलो बनाएपछि उपत्यकामा सवारी साधानको अत्याधिक चाप देखिएको छ । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ भने चेकजाच पनि कडाईका साथ गरिएको जनाएको छ ।

बुधबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६९३ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ५५६ ओटा दुई पाङग्रे, ९१ ओटा चारपाङ्ग्रे, १५ ओटा ट्याक्सी र ३१ ओटा ठुला सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *