December 5, 2023

काठमाडौं ओपन गल्फ प्रतियोगिता मंगलबारबाट सुरु हुने

सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ । नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै सुर्य नेपाल काठमाडौं ओपन मंगलबारबाट सुरु हुने जनाएको छ । प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा नेपालका नम्बर एक शुक्र बहादुर राई, भुवन नगरकोटी, संजय लामा, धन थापा, रामे थापा लगायतले प्रतिस्पर्धा गर्ने छन् । विजेताले १ लाख १६ हजार नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ७४ हजार तथा तेस्रोले ६३ हजार पाउनेछन् ।

यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *