December 5, 2023

काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न सकेन: महामन्त्री थापा

Gagan Thapa forwards a strong reason for MCC Compact ratification - Nepal  Live Today Nepal Live Today

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ बर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । ५ बर्षमा गरेको कामका बारेमा एमाले जनतालाई जवाफ दिनुपर्ने उहाको भनाई छ । त्यस्तै उहाले एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरुसँग गठबन्धनमा उत्रिएको तर्क गर्नुभयो । उहाले मुलुकको परिवर्तनलाई जोगाउनकै लागि कांग्रेसले घोषितरुपमै गठबन्धन गरेको दावी गर्नुभयो । थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनमा केही गुनासो भएपनि अहिले सवै बिर्सेर गठबन्धनलाई बिजयी गराउनुपर्ने जिकिर गर्नुभयो ।

महामन्त्री थापाले एमालेका महानगर उम्मेदवार केशव स्थापीतले सार्वजनिक रुपमा नै महिलाहरुको अपमान गर्ने गरेकाले मतदानबाटै जवाफ दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *