July 13, 2024

काठमाडौं महानगर मा सरोकारवालाहरुले विरोध प्रदर्शन

काठमाडौं महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगाएत सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको राष्ट्रियसभागृहमा महानगरको नगर सभाको १२ औं अधिवेशन चलिरहेका बेला उनीहरुले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती कव्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन् । निजी सम्पतीमा विना पूर्जी गुण्डागर्दी शैलिमा डोजर आतंक गरिएको उनीहरुको आरोप छ । त्यस्तै उनीहरुले फोहर मैला व्यवस्थापन कहा पुग्यो ? टुकुचा बिगार्ने अनि लापरवाही तरिकाले छाड्ने ? हिड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहा पुग्यो? लगाएतका प्रश्न पनि गरेका छन् ।

उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति सुमन सायमीले उपत्यकाको समस्यमा समाधान गर्न काठमाडौंको मेयर असफल भएको र लोकप्रियताका लागि डोजर आतंक फैलाइएको बताउनुभयो । उहाले क्षेत्राधिकार भन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न आफुले सुझाव दिदा आफैलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरिएको जिकिर गर्नुभयो । संघर्ष समितिले महानगरको गलत कदमविरुद्ध आन्दोलन गर्ने तयारी समेत गरेको छ ।

7 thoughts on “काठमाडौं महानगर मा सरोकारवालाहरुले विरोध प्रदर्शन

  1. Wow, superb blog layout! How lengthy have you ever been running a blog for?

    you make running a blog look easy. The whole look of your web
    site is wonderful, as smartly as the content! You can see similar
    here dobry sklep

  2. Dzięki programowi monitorowania rodziców rodzice mogą zwracać uwagę na czynności wykonywane przez ich dzieci na telefonie komórkowym oraz łatwiej i wygodniej monitorować wiadomości WhatsApp. Aplikacja działa cicho w tle urządzenia docelowego, nagrywając wiadomości konwersacyjne, emotikony, pliki multimedialne, zdjęcia i filmy. Dotyczy każdego urządzenia z systemem Android i iOS.

Leave a Reply

Your email address will not be published. Required fields are marked *