December 1, 2023

काठमाडौं शहरको व्यवस्थीत बसोबास र सौन्दर्यता एवं मौलिकता कायम राख्न चूनौति सिर्जना: मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले बढ्दै गएको शहरी चापका कारण काठमाडौं शहरको व्यवस्थीत बसोबास र सौन्दर्यता एवं मौलिकता कायम राख्न चूनौति सिर्जना भएको बताउनुभएको छ । २८ औं महानगर दिवसको अवसरमा बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले बिभिन्न अवसरको खोजीमा राजधानी शहर काठमाडौंमा भित्रने जनसंख्या बढ्दै गएकाले व्यवस्थीत बसोबास र सौन्दर्यता एवं मौलिकता कायम राख्न चूनौति सिर्जना भएको बताउनुभएको हो । उहाले वर्तमान परिवेशमा व्यवस्थीत सफा र सुन्दर शहर निर्माणका लागि आवश्यक पूर्वाधारको बिकास गर्न र शहरी क्षेत्रको बासिन्दाहरुको जीवजनस्तरमा सुधार ल्याउन तत्काल ठोस कार्यक्रम जरुरी भइसकेको धारणा पनि राख्नुभयो । प्राकृतिक स्रोत र साधनको अत्याधिक प्रयोगले वातावरण तथा सरसफाइमा प्रतिकुल असर परिरहेकाले उक्त चूनौतिहरुसंग जुध्दै महानगरलाई बसोबासयोग्य र पर्यटनमैत्री बनाउन महानगरले महत्वपूर्ण भूमिका खेल्दै आएको उहाको भनाई छ । मन्त्री चौधरीले महानगरको बिकासमा मन्त्रालयले सदैव सकारात्मक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह महानगरको बिकासमा सवैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाले महानगरलाई थप प्रविधियुक्त बनाएर आफ्ना कामहरुलाई जनमैत्री बनाइएको जानकारी दिनुभयो ।

त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले महानगरको निर्माणमा सवैको साथ सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सोबिता गौतम लगाएतको सहभागीता थियो भने बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *