July 29, 2021

काठमाडौमा विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले काठमाडौमा विरोध प्रदर्शन गरेको छ ।अनेरास्वियूको पूर्वाञ्चल विश्वविद्यालय उपत्यका कमिटीले काठमाडौंको माइतिघरमा संसद बिघटनबिरुद्ध सिटी फुकेर प्रदर्शन गरेका हुन् ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कू गरेको भन्दै सिटी फुक्दै विरोध प्रदर्शन गरिएको अखिलले जनाएको छ ।प्रदर्शनमा सहभागीहरुले सरकारको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.