January 27, 2023

काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई स्पष्टीकरण हस्तान्तरण

नेपाल प्रहरी श्रीमती संघले महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई स्पष्टीकरण हस्तान्तरण गरेको छ । बुधबार ट्राफिक प्रहरी कार्यालयमा संघका तर्फबाट अध्यक्ष कुसुम लता सिंहले ट्राफिक प्रहरी कार्यालयका प्रमुख उमेशराज जोशीलाई जनसचेतनामुलक स्टीकर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रमुख जोशीले यातायात व्यवसायीहरुसंगको सहकार्यमा सार्वजनिक यातायातका साधनमा स्टीकरण टासिने बताउनुभयो । उहाले अहिले लेन थपेर मात्रै ट्राफिक समस्या समाधान नहुने भन्दै जनचेतना आवश्यक रहेको बताउनुभयो । त्यस्तै श्रीमती संघकी अध्यक्ष सिंहले यौन तथा महिला हिंसा अन्त्य गर्न प्रहरीले गरेको काममा श्रीमती संघले पनि सहकार्य गर्न खोजेको बताउनुभयो ।

स्पष्टीकरण हस्तान्तरण संगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारबाटै सवारी साधानमा महिला हिंसा सम्बन्धी जनसचेतनामुलक स्टीकर टास्न सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published.