December 5, 2023

काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ

काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए ।

टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर बिभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *