December 3, 2022

काठ उत्पादन तथा व्यवस्थापनका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले काठ उत्पादन तथा व्यवस्थापनका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने बताउनुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको सातौ बार्षिक साधारणसभामा मन्त्री यादवले नेपालको वनका काठको बिक्रिबितरणका बिषयमा सरकारले आवश्यक नीतिगत सुधार गर्ने समेत बताउनुभयो । नेपालका फर्निचरमा ग्राहकको आकर्षण बढाउनका लागि आयातित सामाग्रीसंग प्रतिष्पर्धा गर्ने गरि काम गर्नुपर्ने उहाको भनाई छ । उहाले फर्निचर तथा फर्निसिङ्ग व्यवसायीलाई सरकारले आवश्यक सहयोग गर्ने भन्दै नीतिगत सुधारका लागि सुझाव दिन आग्रह गर्नुभयो ।

त्यस्तै मन्त्री यादवले वन क्षेत्रको संरक्षण र सुधारका लागि पनि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.