August 1, 2021

कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय

The long and eventful political journey of Madhav Kumar Nepal

माधव नेपालसहितका बिपक्षी गठबन्धनले मध्यरातमा संसद् विघटन गरेर निर्वाचनमा जाने कदम प्रतिगमन भएको भन्दै कानुनी र राजनीतिक रुपमा संयुक्त संघर्ष गर्ने निर्णय गरेको छ ।संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको बिपक्षी गठबन्धनको बैठकले संसद विघटन गर्ने कदमलाई प्रतिगमनको संज्ञा दिँदै त्यसलाई कानूनी र राजनीतिक प्रतिवाद गरेर संघर्ष गर्ने निर्णय गरेको हो ।बिपक्षी दलले १४९ सांसदको हस्ताक्षरसहित आइतबार रिट दायर गर्ने निर्णय पनि गरेको छ । प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय , अन्योल र अराजकता सिर्जना गर्ने असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न कटिबद्ध रहेको बैठकपछि जारी संयुक्त बक्तव्यमा उल्लेख छ ।काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेको बक्तव्यमा संसद बिघटन गर्ने कार्यको भत्र्सना र निन्दा गरिएको कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक र कानूनी रुपमा लगाई लड्ने बताउनुभयो । उहाले आइतबार १४९ सांसदहरु सर्वोच्चमा जाने जानकारी दिनुभयो । फेरि संसद पुनस्थापना भएर लोकतन्त्र सही ट्रयाकमा जाने उहाले बताउनुभयो । प्रचण्डले विगतमा संसद् विघटन निरंकुश र प्रतिगमनकारी कदम भनेर सडक र अदालतमा जाँदा पुनस्थापना भएको बताउनुभयो ।अध्यक्ष प्रचण्डले कोरोना महामारीको बेला देशलाई दुर्घटनामा लगेको जनताले नसहने उल्लेख गर्नुभयो । निर्वाचन गर्नका लागि घोषणा नगरिएको भन्दैै निर्वाचनको अर्थ नरहेको उल्लेख गर्नुभयो । शुक्रबार राती सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेर निर्वाचनको मिति घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.