August 2, 2021

कानूनी लडाइलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष

JamiiForums - KANUNI MPYA YA PENSHENI: BUNGE LASEMA HALIHUSIKI - Lasema  kazi ya kutunga kanuni ni ya Serikali kupitia Wizara husika - Ni Kanuni ile  ya mstaafu kulipwa 25% ya mafao yake

प्रतिनिधिसभा बिघटनको बिरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका बिपक्षी गठबन्धनले कानूनी लडाइलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेका छन् ।मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिपक्षी गठबन्धनले रिट दायरपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका हुन् । कानुनविद्हरु समेत उपस्थित भएको बैठकमा प्रतिनिधिसभा बिघटनको बिरुद्धमा अदालतमा हुने सुनुवाइका बिषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन् । बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सर्वोच्चमा दर्ता गरिएको रिटमा कतिपय परिमार्जन गर्नुपर्ने तथा कतिपय ठेगाना नमिलेकोलगायत प्रविधिक विषयमा मात्रै छलफल भएको जानकारी दिनुभयो ।त्यस्तै कांग्रेस नेता रमेश लेखकले रिटमाथिको सुनुवाइमा अदालतमा कसरी प्रस्तुत हुनेबारे छलफल भएको जानकारी दिनुभयो । त्यस्तै अब बहसमा को–को कानुन व्यवसायीलाई अगाडि बढाउने भन्नेबारे शीर्ष नेताहरुबीच छलफल भएको उहाले बताउनुभयो ।

त्यस्तै उहाले बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट दर्ता भएका कारण सर्वोच्चले संसद पुनसर््थापना गर्ने दावी गर्नुभयो । लेखकले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानलाई नै समाप्त पार्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल लगाएतका नेताहरु सहभागी थिए । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै बिपक्षी गठबन्धनले सोमबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published.