


प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको दावी गर्नुभएको छ । नेकपा एमाले झापाले मंगलबार विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध षड्यन्त्र गरिएकाले र सभामुख दलका कार्यकता भएर काम गरेकाले संसद् अवरुद्ध गरिएको दावी गर्नुभएको हो । उहाले केहि सांसदहरुलाई एमालेले कारवाही गरेको भन्दै गैरसांसद सहभागी बैठक सञ्चालन हुन नसक्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले एमालेलाई फुटाउनका लागि नै षडयन्त्रपूवर्क पूर्वनियोजित रुपमा संसद बन्द गरेर अध्यादेश ल्याएको आरोप लगाउनुभयो ।
उहाले माधव नेपाललाई साथ दिन अन्य दलहरुले गैरसंवैधानिक काम गरेको जिकिर गर्नुभयो । आगामी निर्वाचनबाट एमाले पुनः सत्तामा फर्किने भन्दै अध्यक्ष ओलीले एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने तर्क गनुएभयो ।उहाले वर्तमान सरकार निर्माण भएको २ महिनामा पनि पुर्णता नपाएको भन्दै अहिलेको सरकारले बहुमुल्य समय खेर फालीरहेको बताउनुभयो । भेलामा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत समेत गर्नुभएको थियो ।
