August 2, 2021

कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाएको

Body cameras improve road safety in Nepal | UNOPS

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुने व्यक्तिलाई कारबाहीको प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाएको छ ।महाशाखाले पीडित सहायता ईकाइबाट खटिएको टोलीले गोलढुङ्गाबाट गंगबु बस्ने अशोकमान सिं कुवरको हराएको बा९२प ९१३३ नंम्बरको निलो बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० बर्षे बिमल गुरुङ्ग र मोरङ्ग बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई मोटरसाईकल सहित पक्राउ गरेको हो । उक्त मोटरसाइकलको बास्तबिक नम्बर प्लेट परिबर्तन गरि बा९६प ४५९० नम्बर प्रयोग गरेको अबस्थामा पक्राउ गरेको हो । महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गर्न सफल भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिइदै आएको बताउनुभयो ।यस्तै महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरि ९५ जना बिद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिइ सवारी तथा पैद्लयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिन सम्म सोमबादेखि नै परिचालन गरिएको जनाएको छ । हाल बिभिन्न चरणहरुमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन भने ५७ जना ले दैनिक काम गर्दै आएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.