December 1, 2023

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार, यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर यस दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलन समेत छ । काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।

कागतिहारका दिन काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *