January 19, 2022

कालोपट्टी बाँधेर विरोध प्रदर्शन

Some of recently appointed justices lack competence, qualification: Nepal  Bar - Setopati

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । आइतबार नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले ब्यानर बोकेर कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरुले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देऊ भन्ने ब्यानरसहित विरोध गरेका हुन् । बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणबद्धरुपमा विरोध कार्यक्रम सुरु गरेको हो । विरोध प्रदर्शनमा नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो बिन्दु रहेको भन्दै प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने बताउनुभयो । उहाँले न्यायपालिका भित्र विकृति, विसंगति र भ्रष्टाचारपूर्ण हुन नदिनको लागि बाधक तत्वहरुको विरुद्धमा लागि पर्ने बताउनुभयो । उहाँले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष बनाउन र विकृति, विसंगतिरहीत बनाउन संविधान संसोधन र दलहरुसँग यस विषयमा परामर्श गरेर अगाडि बढ्ने बताउनुभयो । त्यस्तै वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यक्तिको लागि विरोध नभएर प्रवृत्तिमाथिको विरोध भएको बताउनुभयो । उहाँले न्यायपालिकाभित्र प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बारले चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो । उहाँले अदालत बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताउनुभयो । उहाँले कसैलाई पनि लोभ लालच दिएर उचालेको थाहा पाए सह्य नहुने चेतावनी पनि दिनुभयो । बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले कालोपट्टी मागेर प्रदर्शन गरिरहेको बेला एउटा समूहले हातमा सेतोपट्टी बाँधेर प्रदर्शन गरेको छ । नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेको अधिवक्त स्वागत नेपालले बताउनुभयो ।

अधिवक्ता नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताउनुभयो । न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले यसअघि कात्तिक १४, १५ र १६ गते कालोपट्टीसहितको विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published.