January 20, 2022

केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने

Madhav Nepal along with leaders close to him reach Chandragiri Hills Resort  - myRepublica - The New York Times Partner, Latest news of Nepal in  English, Latest News Articles

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी तनहुँ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहदा ओलीको अहंकारी र दम्भका साथै सत्ता लिप्सा हावी भएका कारण आफुहरुले बिद्रोह गर्नुभएको भन्दै अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताउनुभएको हो । उहाले ओली प्रवृतिबाट निराश भए समाजवादीमा प्रवेश गर्नेहरुको संख्या पनि बढेको तर्क गर्नुभयो । केन्द्र तथा प्रदेशबाट बाहिरिनुपरेको एमाले अव जिल्ला जिल्लामा पनि शुन्यको अवस्थामा पुग्ने उहाले बताउनुभयो ।

त्यस्तै अध्यक्ष नेपालले असल मान्छे नपाएकाले एमालेले पार्टीको झण्डा गैंडालाई बोकाएको टिप्पणी गर्नुभयो । कार्यक्रममा अध्यक्ष नेपालले बिभिन्न दलबाट आएका कार्यकर्तालाई नेकपा एकीकृत समाजवादी प्रवेश गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.