December 5, 2023

केपी ओलीलाई भ्याएको बेला ट्युसन पढाउन जान्छु: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित भएको टिप्पणी गर्नुभएको छ । बुधबार काठमाडौंमा काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा थापाले कांग्रेसको घोषणापत्रमा एक पछि अर्को झुटको पर्दाफास भएपछि ओली आक्रोशित भएको टिप्पणी गर्नुभएको हो । उहाले ओलीलाई लजिकमन नपर्ने र म्याजिक मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको पनि बताउनुभयो । थापाले आफ्ना पार्टीका कार्यकर्ताले घोषणापत्र पढ्न नभ्याएको भएपनि ओलीले रातिराति पढेर आलोचना गरेको जिकिर गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न र धेरै आवेगमा नआउन पनि सुझाव दिनुभयो । एमाले भनेको समृद्धि र कांग्रेसले भनेको सम्मुनत नेपालको परिभाषा नै फरक रहेको दावी गर्दै उहाले समयले भ्याएको बेला ट्युसन पढाउन बालकोट जाने बताउनुभयो । महामन्त्री थापाले सत्ता गठबन्धनको बिरोध गर्दै हिडेको एमालेले आफै सारथी खोज्दै हिँडेको जिकिर गर्नुभयो । उहाले पार्टीभित्रका असन्तुष्टिहरुलाई मध्यनजर गर्दै विभेदको क्षतिपूर्तिसहित न्यायको निर्णय हुनगरि काम गर्ने बताउनुभयो ।

उहाले कांग्रेसको घोषणापत्र सवै उम्मेदवारले अनिवार्य पढ्नुपर्ने भन्दै त्यसको उलंघन भए कडा कारवाही गर्ने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *