December 1, 2023

केपी ओलीले नै पार्टीभित्र एकता नखोजेको

Peace, Democracy, and Development: Nepal's Prime Minister K. P. Sharma Oli  | Asia Society

नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीले नै पार्टीभित्र एकता नखोजेको बताउनुभएको छ ।बिहीबार माधव नेपालपक्षीय प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले पार्टी अध्यक्ष ओलीले आफ्ना पार्टीका व्यक्तिलाई धमाधम कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोज्ने गरेबाट नै पार्टी एकता नखोजेको प्रष्ट हुने बताउनुभयो । नेता भुसालले ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने उल्लेख गर्नुभयो ।

ओलीको सत्ता लोभ र अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेपनि अहिलेसम्म त्यसलाई महशुस नगरेको उहाले आरोप लगाउनुभयो । उहाले २०७७ सालमा ओलीले बिगारेको राजनीतिलाइ २०७८ सालमाा ट्र्याकमा ल्याइने उल्लेख गर्नुभयो ।उहाले सरकार गठनका लागि ओलीले खोजेको गठबन्धन नै राष्ट्रिय राजनीतिको मूल गाँठो भएको तर्क गर्नुभयो । भुसालले आफूहरूले समानान्तर कमिटी गठन गरेको नभई पूरानो कमिटी ब्युँताएको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *