October 10, 2021

केपी शर्मा ओलीको कदमविरुद्ध विवेकशील साझाले विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विवेकशील साझाले विरोध प्रदर्शन गरेको छ ।प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै साझाले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । काठमाडौंको नक्सालबाट बिरोध प्रदर्शन गर्दै बालुवाटार जान लागेका उनीहरुलाई प्रहरीले भाटभटेनीमाा रोकेको थियो । प्रदर्शनमा उक्त पार्टीका अध्यक्ष रवीन्द्र मिश्र लगाएतका नेता सहभागी थिए ।

प्रदर्शनमा मिश्रले अनायास संसद विघटन गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको टिप्पणी गर्नुभयो ।प्रधानमन्त्रीको यो राष्ट्रघाती कदमकाविरुद्ध आम नागरिकहरू एक जुट भएर विरोधमा उत्रिन र सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकवद्ध हुन पनि विवेकशील साझाले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published.