October 10, 2021

केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गर्नुभएको छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ओलीले पेश गर्नुभएको प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिइएको छ । ३८ पुष्ठको प्रतिवेदनबाट उहाले पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो भन्दै प्रचण्डलाई प्रश्न गर्नुभएको छ ।त्यस्तै अध्यक्ष ओलीले एकता–छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा? भन्दै प्रश्न गर्नुभएको छ । पछिल्लो चुनावी प्रसंगलाई जोड्दै ओलीले बाह्य शक्तिको दवाव र प्रभावमा प्रचण्ड परेको आरोप पनि प्रतिवेदनमा लगाइएको छ । ओलीले पार्टी एकता भए पनि नेकपा एमाले र पूर्व माओवादीको गणितीय समीकरणको खेल सुरु भएको उल्लेख गर्नुभएको छ ।

नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्ने र अध्यक्षद्वयले राख्नुभएको प्रस्तामाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।शनिबारको बैठकमा ओलीसहित प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमले धारणा राख्नुभएको थियो । यसअघि कातिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सहमति गरेर प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्ने अडान ओलीले राखे पनि प्रचण्ड सहमत नभएपछि नेकपा भित्रको बिबाद चुलिएको छ । नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published.