June 21, 2024

केहि दलहरुले आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिइरहेको छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहि दलहरुले आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिइरहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिइरहको बताउनुभएको हो । प्रचण्ड र माधव नेपालहरु कांग्रेस नामको बञ्चरोको बिड भएको र उनीहरुको कुनै अस्तीत्व नै नरहेको ओलीको भनाई छ । उहाले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफु दोश्रो हुनका लागि उनीहरु कांग्रेसको पछि पछि हिडेको धारणा राख्नुभयो । कांग्रेसका पछाडी लागेर समाजवाद नहुने भन्दै ओलीले समाजवादी पार्टी नाम राखेर जनतालाई नझुक्काउने काम भएको तर्क गर्नुभयो । उहाले गठबन्धन नामको ग्याङले देश लुटिरहेकाले अव निर्वाचनमा एमालेको सरकार बन्नुपर्ने बताउनुभयो । आफु सरकारमा हुँदा जहाँ छोयो त्यहाँ बिकास हुने भएपनि अहिले अहिलको सरकारले जहाँ छोयो त्यहा खरानी पारेको उहाले बताउनुभयो । ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै देशमा अझै विनाश हुने जिकिर गर्नुभयो । आगामी निर्वाचनमा देशलाई बचाउनका लागि एमालेको बहुमत आवश्यक रहेको उहाको भनाई छ ।

ओलीले हिजो एमाले सरकारले गरेका राम्राका कामको बारेमा जनतालाई बुझाइ एमालेको पक्षमा जनमत तयार गर्नुपर्ने बताउनुभयो ।

One thought on “केहि दलहरुले आफ्नो अस्तीत्व जोगाउन गठबन्धनको साहारा लिइरहेको छ: अध्यक्ष ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *