October 23, 2021

केही नेतालाई स्पष्टीकरण सोध्ने संकेत

Congress President Sher Bahadur Deuba refutes involvement in leasing out  Nepal Trust's Tahachal land

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीभित्र गुटगत भेला गरेर अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही नेतालाई स्पष्टीकरण सोध्ने संकेत गर्नुभएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकको अध्यक्षता गरेका ओलीले पार्टीभित्र गुटगत भेला र अराजक प्रवृत्ति किमार्थ स्वीकार्य नहुने बताउनुभएको हो । बैठकपछि सांसद शेरबहादुर तामाङले संसदीय बोर्डमार्फत पार्टीभित्र गुटगत भेला गर्ने नेतालाई स्पष्टीकरण सोध्ने संकेत प्रधानमन्त्रीले गरेको जानकारी दिनुभयो । बोर्डको बैठकबाट पार्टीभित्र गुटगत प्रवृत्ति र गतिविधि रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय संसदीय दलको बैठकबाट भएको उहाले बताउनुभयो । पार्टीका सबै सदस्यले वैयक्तित रूपमा गतिविधि गर्न पाउने तर समूह बनाएर समानान्तर गतिविधि सञ्चालन गर्न नपाइने प्रधानमन्त्रीको धारणा रहेको तामाङले बताउनुभयो । तामाङले पार्टीले आधिकारिक रुपमा बोलाउने बैठकमा स्थान महत्त्वपूर्ण नहुने बताउनुभयो ।

यसअघि बालुवाटारमा बोलाइने बैठकको आलोचना गर्दै प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई माधव खनाल पक्ष सांसदले पत्र बुझाएका थिए । पत्र बुझाएपछि सांसद जीवनराम श्रेष्ठले प्रधानमन्त्रीको सरकारी निवासमा बैठक आयोजना गरेको भन्दै असहमति राखेको बताउनुभयो ।उक्त पत्र नेपाल समूहका सांसदहरू सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारले प्रधानमन्त्री तथा दलका नेता ओलीलाई बुझाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published.