October 15, 2021

कोभिड–१९विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम शुरू

Nepal Begins Covid Inoculations With Indian Vaccine

कोभिड–१९ रोग विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम आइतबारबाट शुरू भएको छ ।दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई चरणबद्ध खोप लगाउने योजनाअनुसार ६५ बर्ष उमेर समूहमाथिका नागरिकलाई खोप दिन थालिएको छ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर शुभारम्भ गर्नुभएको हो । ओलीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले आफूलाई सँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गर्नुभयो । खोप लगाएपछि केही बेर शरीरमा एलर्जी वा अन्य कैफियत देखिन सक्ने भएकोले प्रधानमन्त्रीले केही बेर अस्पतालमा बस्नुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाले उच्च मनोवलका साथ प्रधानमन्त्रीले खोप लगाउनुभएको र खोप लगाउन प्रेरित गर्नुभएको बताउनुभयो । त्यस्तै उहाले सरकारले सुरु गरेको खोप अभियानमा सहभागी हुन आग्रह पनि गर्नुभयो ।परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले पनि कोरोना खोप लगाउनुभएको थियो । खोप लगाएपछि कांग्रेस बरिष्ठ नेता पौडेलले खोप लगाएपछि आफुले सामान्य महशुस गरेको भन्दै खोप अभियानलाई सफल पार्न आग्रह गर्नुभयो ।

दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाउनु सुरु गरिएको हो । यस अघि पहिलो प्राथमिकतामा परेका तर विभिन्न कारणले खोप लगाउन नपाएका महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई उपलब्धताका आधारमा खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै चैत १० गतेदेखिपछि दोस्रो प्राथमिकतामा ५५ बर्षमाथिका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, विद्यालय (सामुदायिक÷निजी) का शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.