August 1, 2021

कोभिड–१९ रोकथामका लागि उपत्यकामा गरिएको निषेधाज्ञा जारी

Serum Institute's big announcement on coronavirus vaccine, here's when you  will get first dose of COVID-19 vaccine

कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा गरिएको निषेधाज्ञा जारी छ ।उपत्यकाका प्रशासन कार्यालयले पटक पटक गरि जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेका छन् । निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यका अधिकांश स्थानमा सुरक्षा चेकजाँचलाई प्रभावकारी बनाइएको छ । काठमाडौँ उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् । कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हाल मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।

Leave a Reply

Your email address will not be published.