



सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई निरन्तरता दिएको छ ।हाल १८ देखि ५९ उमेर सम्मका मानिहरुले खोप लगाइरहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि खोप लगाउन सरकारले तोकेका अस्पतालमा सर्वसाधारणको भीड लागेको छ ।
हाल कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउने क्रम जारी छ भने पहिलो चरणको खोप अभियान पनि सुरु भएको छ । सरकारले २०७७ साल माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयले खोप लगाउने विभिन्न अस्पतालहरु तोकिदिएको छ ।
