



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गरेको छ ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि दोश्रो चरणमा पत्रकार, कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो ।
सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी मन्त्रालयले दिएको छ ।पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाई सकिएको छ । पहिलो चरणको अभियान शनिबारबाट सकिएको थियो ।
