May 20, 2024

कोरोनाबिरुद्धको खोपको पहुच बढाउनुपर्नेमा जोड

Corona: contributions from the Max Planck Society | Max-Planck-Gesellschaft

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलको अवस्थामा कोरोनाबिरुद्धको खोपको पहुच बढाउनुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ बिषयक अन्र्तक्रियामा तिमिल्सिनाले सर्वसाधारणको पहुच हुने गरि कोरोनाबिरुद्धको खोपको पहुच बढाउनुपर्नेमा जोड दिनुभएको हो । उहाले मान्छेको चहलपहल हुने स्थानमा खोपको उपलव्धता हुने गरि योजना बनाउनुपर्ने धारणा राख्नुभयो । मधेश प्रदेश र कर्णालीमा खोप लगाउनेको संख्या न्युन देखिएकाले सो क्षेत्रमा बिशेष खोप अभियान सञ्चालन गर्न उहाले सुझाव दिनुभयो ।

उहाले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिड विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गर्नुभयो । कार्यक्रममा कोभिड १९ रोकथाम र खोपसम्बन्धी जोखिम विभिन्न स्वास्थ्य विशेषज्ञहको कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *