November 30, 2023

कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी

Corona-Induced Stress and the ways to beat it | Narayana Health

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल,सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री लगाएतका पसललाई निश्चित समय र बारका आधारमा सञ्चालन गर्न दिने गरि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । त्यस्तै निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागु गरिएको छ । जसका कारण सडकमा सवारी चाप बढि छ ।

यस्तै बिहीबार मध्यान्न सम्म जोर बिजोर तथा निषेधाज्ञा उल्लङ्घन गर्ने ६२१ ओटा सवारी साधनलाइ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ४१८ दुई पाङ्ग्रे, १६४ ओटा चार पाङ्ग्रे, २४ ओटा ट्याक्सी र १६ ओटा अन्य सवारी साधन रहेका छन् । यसअघि लागु गरीएको निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *