October 10, 2021

कोरोना नियन्त्रण र रोकथामका लागि सहयोग

कोरोना नियन्त्रण र रोकथामका लागि सहयोग गर्न एभरेष्ट मेड प्रालिले लाइफलाईन र टप ग्लवबाट प्राप्त स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण गरेको छ ।मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यराज्यमन्त्री नवराज रावतलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

लाइफलाईनले २० हजार पिस ग्लोभ्स र ५० हजार पिस ५ एमएलको सिरिन्ज प्रदान गरेको छ भने टप ग्लवबाट ३० हजार पिस सानो र ७० हजार पिस ठूलो ग्लोभ्स प्राप्त भएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री रावतले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि प्राप्त भएको सामाग्रीको उचित प्रयोग गरिने बताउनुभयो ।उहाले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि आवश्यक कदम सरकारले चालिरहेको जानकारी पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published.