May 20, 2024

कोरोना बिरुद्धको पहिलो र दोस्रो चरणको खोपको कार्य सम्पन्न

Image result for corona vaccine\

कपिलवस्तुमा कोरोना बिरुद्धको पहिलो र दोस्रो चरणको खोप लगाउने कार्य सम्पन्न भएको छ ।पहिलो र दोस्रो चरणको खोप अभियान अन्र्तगत अग्रपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाईकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दी, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी गरी ६ हजारले खोप लगाएको कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिनुभयो ।

खोप लगाएका अधिकाँश मध्ये केहीलाइ मात्र सामान्य रिंगटा, ज्वरो आउने, थकान महसुस हुने बाहेक अन्य कसैलाइ केही नभएकाले ढुक्कसँग खोप लगाउन अस्पतालका मेडिकल सुपरिटेन्डेन किशोर बन्जाडेले बताउनुभयो ।आगामी फागुन २३ गतेबाट तेस्रो चरणको अभियान शुरु हुने स्वास्थ्यका अधिकारीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *