प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सवै नागरिकलाई पूर्ण मात्राको खोप लगाईने बताउनुभएको छ । शनिबार बालुवाटारमा स्वास्थ्यबिज्ञहरुको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लािग खोप नै अन्तिम बिकल्प देखिएको भन्दै सवै नागरिकलाई पूर्ण मात्राको खोप दिईने बताउनुभएको हो । त्यस्तै प्रधानमन्त्री देउवाले अव आवश्यकता अनुसार बुष्टर खोप अभियानलाई अघि बढाइने समेत बताउनुभयो । प्रधानमन्त्री देउवाले बिज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो । कोरोनाको नयाँ नयाँ भेरियन्ट आएका कारण विश्व समूदायकै लागी चूनौती देखिएकाले यसलाई सामना गर्ने सवै उपायहरुलाई अवलम्वन गर्नुपर्ने उहाको भनाई छ । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले आइशोलेशन र होल्डीङ सेन्टरका साथै कोरोना परिक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो । छलफलका क्रममा परिक्षणको दायरा बढाउनुपर्ने , आइशोलेशन सेन्टर बढाउनुपर्ने र जनशक्ति बढाउन सुझाव दिएको संक्रामक रोग बिशेषज्ञ डाक्टर जनक कोईरालाले जानकारी दिनुभयो ।
उहाले कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने सुझा दिएका जानकारी दिनुभयो । छलफलमा स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सील लगाएत बिभिन्न अस्पतालका बिज्ञहरुको सहभागीता रहेको थियो ।