October 16, 2021

कोरोना विरुद्धको दोश्रो डोज लगाइयो

COVID-19 Vaccination - Who Will Get COVID-19 Vaccine First, How To  Register: All You Need To Know

कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई सोमबार पनि दोश्रो डोज खोप लगाइएको छ । रोल…………काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा कोरोना बिरुद्धको दोश्रो डोज लगाइएको हो । गत चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएका नागरिकका लागि आइतबारबाट दोस्रो डोज लगाउन थालिएको हो ।

दोस्रो डोजका खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ । चैत २९ र ३० गते पहिलो खोप लिएकालाई सोमबार खोप दिइएको छ भने २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइने बताइएको छ । त्यसपछि अन्य दिनमा पहिलो चरणको खोप लगाएकालाई पनि क्रमश दोश्रो खोप दिने भएको छ ।

Leave a Reply

Your email address will not be published.