December 5, 2023

कोरोना संक्रमण सरकारको चरम लापरबाहीको संज्ञा भएको आरोप

Sher Bahadur Deuba Elected Nepal Prime Minister

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले देशभित्र फैलिएको कोरोना संक्रमण सरकारको चरम लापरबाहीको संज्ञा भएको आरोप लगाएको छ ।कोरोना संक्रमणका बिषयमा कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्नै निवास बुढानिकण्ठमा पत्रकार सम्मेलन गर्दै सरकारको असंवेदशीलता र लापरबाहीका कारण उच्चदरमा संक्रमण फैलिएको आरोप लगााउनुभएको हो । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मन्यता जिम्मेवारी रहेको भन्दै उहाले सरकारले बिगतका गल्तीबाट पाठ सिक्न नसकेको बताउनुभयो । उहाले कांग्रेस लगाएत सरोकारवालाले दिएको सल्लाहलाई सरकारले आत्मसात गर्न नसकेको तर्क गर्नुभयो ।देउवाले प्रधानमन्त्री ओली अधुर काममा पनि भिडभाड जम्मा गरेर उद्घाटन गर्दै तडकभडकमा मग्न भएको आरोप पनि लगााउनुभयो । त्यस्तै, उहाले सरकारलाई तत्काल संक्रमितको उपचारको लागि आईसीयू बेड आवश्यक औषधी उपचार उपलब्ध गराउन माग गर्नुभयो ।

उपत्यकामा निषेधाज्ञा गरेपछि कोभिड परीक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु काम संक्रमित जिल्लामा पुगेको उहाको भनाई छ । यसका कारण कम संक्रमण भएको जिल्लामा व्यापक हुने खतरा बढेको उहाले बताउनुभयो ।पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधको प्रश्नमा देउवाले वैकल्पिक सरकार निर्माणका लागि तत्काल परिस्थिति नबनेको बताउनुभयो । उहाले आफूहरूसँग पर्याप्त संख्या नपुगेकोले सरकार र अविश्वासको प्रस्तावको विषय थाती रहेको उल्लेख गर्नुभयो । देउवाले एमसीसी सांसदबाट पारित हुनुपर्ने बताउनुभयो । तर, यो विषयमा बाहिर आएजस्तो माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो कुनै सहमति नभएको तर्क गर्नुभयो ।उहाले पार्टीभित्रको क्रियाशिल सदस्यता लगाएतका बिषयलाई छिटो टुङ्ग्याउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *